AFN
Home     Newsletter     Contact Us

Our Programs

Sunakhari Bahash

Back to the listing
View Program Details

पछिल्लो केहि वर्षमा नेपालमा सम्बन्ध विच्छेद बढेको रिपोर्टहरु आइरहेका छन् । शहरी क्षेत्रमा अझ यो संख्या बढि छ । यसले के संकेत गर्छ ? अनि सम्बन्ध विच्छेदका प्रभाव के छन् त ? तपाईको भोगाई/अवलोकनले के भन्छ ?

हामी मध्ये कति युवायुवती अभिभावकसँग खुलेर कुरा गर्न सक्दैनौं । आफ्ना सपना पनि अभिभावकसँग बाँड्न नसक्ने, आफूले भोगिरहेका समस्या पनि सुनाउन डराउने । अभिभावकसँग खुलेर आफ्ना कुरा राख्न हामी किन सकिरहेका छैनौं । तपाईको भोगाईले के भन्छ ?

कानुनले पैतृक सम्पत्तिमा छोराछोरी दुबैलाई बराबरी हक हुनेछ भनेको छ । तर पैतृक सम्पत्ति बाँड्दा छोरीले मागेको पनि त्यति सुनिँदैन, बुवाआमाले दिएको पनि त्यति सुनिँदैन । किन होला ? हामी कार्यक्रम ‘सुनाखरी’मा यही विषयमा छलफल गर्दैछौँ ।

हरेक दिन १५०० भन्दा बढी नेपाली त्रिभुवन विमानस्थलबाट अनि अनगिन्ती नेपाली बोर्डरबाट पढाइ र कामका खोजीमा विदेशिन्छन् । कति पासपोर्ट म्यानपावरमा होलान् । कति चाहीँ कन्सल्ट्यान्सीमा । के नेपालमा सम्भावना नै नभएको हो त ?

धेरै मान्छेहरु भविष्य थाहा पाउन ज्योतिषी कहाँ हात हेराउन जान्छन् । के हात हेरेर भविष्य थाहा पाइन्छ भन्ने कुरामा तपाईँलाई विश्वास लाग्छ ? किन ? हामी कार्यक्रम सुनाखरी’मा यही विषयमा छलफल गर्दैछौँ । 

नजिकको स्वाथ्य चौकीमा कतै जनशक्ति नहुने, कतै उपचार सामग्री नहुने समस्या तपाईँले धेरै भोग्नुभयो होला । अब गाउँपालिका÷नगरपालिका सशक्त बनिरहँदा तपाईँको गाउँ—टोलको स्वास्थ्यको क्षेत्रमा के परिवर्तन भइदियोस् भन्ने चाहानुहुन्छ ? हामीले कार्यक्रम ‘सुनाखरी’मा यही विषय समेटेकाछौँ । 

एक महिनादेखि चुनाव प्रचारप्रसार चलेको छ । फेसबुक देखि टिभी सम्म, राष्ट्रिय तह देखि घरटोलसम्म, तपाईलाई यो प्रचारप्रसारका तौरतरीका र उठेका एजेण्डामा सबैभन्दा मन परेको, घत लागेको, चित्त बुझेको कुरा के हो ? स्थानीय चुनावको यो दौरान तपाईले अब अवस्था सुध्रने, केहि राम्रो हुने संकेतहरु देख्नुभो ?

जिन्दगीमा तपाईँले धेरै शिक्षकसँग शिक्षा लिनुभयो होला । उहाँहरुमध्ये कुन शिक्षक अझै सम्झिरहनुहुन्छ ? किन ? हामी कार्यक्रम ‘सुनाखरी’मा यही विषयमा छलफल गर्दैछौँ । 

महिनावारी सुत्केरी लगायतमा महिलालाई, जातको आधारमा सबैलाई शुभ र अशुभ मानिन्छ । हाम्रै गाउँ टोलमा यो चलन अझै छ । के मान्छे पनि शुभ र अशुभ हुन्छ त ? हामीले यो सोचाइलाई किन रोक्न सकेनौं ? हामी कार्यक्रम सुनाखरीमा छलफल गर्दैछौं ।

स्थानीय तहको निर्वाचनका लागि केही ठाउँहरुमा महिला उम्मेदवार नपाइएका कुराहरु आइरहेका छन् । के साँच्चै अवस्था त्यस्तै हो त ? हामी कार्यक्रम ‘सुनाखरी’मा यही विषयमा छलफल गर्दैछौँ 

बिरामी हुँदा धामी झाँक्रीलाई देखाउने चलन अझै पनि छ । के साँच्चै, धामी झाँक्रीसँग रोग निको पार्ने क्षमता हुन्छ त ? तपाईँको अनुभवले के भन्छ ? हामी कार्यक्रम ‘सुनाखरी’मा यही विषयमा छलफल गर्दैछौँ । 

“जागिर पाउन कि त भनसुन चलाउनु पर्छ कि त घुस।“

पछिल्लो समय विवाहमा अत्यधिक खर्च हुने गरेको हामीले देखेका छौँ । अाज यही विषय समेटेका छाैं । 

जानी नजानी हामीमध्ये कतिले बोल्दा बोल्दै विभेद गरिरहेका हुन्छौँ, विभेदमा परिरहेका हुन्छौँ । तपाईँको अनुभव के छ ? हामी कार्यक्रम ‘सुनाखरी’मा यही विषयमा छलफल गर्दैछौँ । 

वि.सं.२०६४ सालमा नेपालका सबै सामाजिक संघ, संस्थाहरु समावेशी हुनुपर्छ भनेर राज्यले घोषणा गर्यो । यो ९ वर्षमा हाम्रो गाउँ—टोलमा समावेशिताको प्रयास र असर के—के भए ? तपाईँको अनुभव के छ ?

 

विद्यार्थीलाई सजाय दिएर अनुशासित बनाउन खोज्ने शिक्षकहरु असल शिक्षक होइनन् भन्ने मान्यता बढ्दै गएको छ । हामी सबैले विद्यार्थी जीवन भोगेका छौँ । कस्तो सजायको कस्तो असर होला ? अनि पढाइमा कमजोर अथवा अटेर विद्यार्थीलाई सुधार गर्ने कसरी ?

042 Sunakhari 2073 - 11 - 28 Mar-11-2017

माध्यमिक तहसम्म निशुल्क शिक्षाको व्यवस्था छ । तर त्यसपछि जब स्वदेश या विदेशमा उच्च शिक्षा लिने कुरा आउँछ तब परिवारबाट छोराछोरी दुबैमा बराबरी व्यवहार छ त ? तपाईँको अनुभवले के भन्छ ?

041 Sunakhari 2073 - 11 - 21 Mar-04-2017

नेपालमा सार्वजनिक सवारी साधनको दुर्घटना यति धेरै किन हुन्छ ? के छन् बेथिति ? हामी कार्यक्रम 'सुनाखरी'मा यही विषयमा छलफल गर्दैछौँ । 

040 Sunakhari 2073 - 11 - 14 Feb-25-2017

सरकारी काम कहिले जाला घाम' भन्ने उखान हामीले सुन्दै आयौँ । तर सरकारी जागिर खाएर निस्वार्थ ढङ्गले नागरिकको सेवा गर्ने कर्मचारी पनि हाम्रो देशमा पक्कै छन् । सायद धेरै होलान् । सरकारी कार्यालयमा जाँदाको तपाईँको अनुभव राम्रो रह्यो या नराम्रो ? हामीलार्इ बताउनुस् ।

039 Sunakhari 2073 - 11 - 07 Feb-18-2017

प्रेममा माया, करुणा, आत्मीयता हुन्छ । प्रेमले सम्बन्ध बलियो बनाउँछ । तर प्रेमकै निहुँमा जोडी, परिवार वा साथीहरुले अपराध गरेको कुराहरु पनि बाहिर आइरहेका छन् । प्रेममा अपराध किन भइरहेछ ?

038 Sunakhari 2073 - 10 - 29 Feb-11-2017

किन बढ्दैछ समाजमा वैवाहिक सम्बन्धविच्छेद ? हामी कार्यक्रम सुनाखरीमा यही विषयमा छलफल गर्दैछौँ । 

037 Sunakhari 2073 - 10 - 22 Feb-04-2017

केही दिन अघि मात्रै झापामा प्रेम गर्ने एक जोडीले झुण्डिएर आत्महत्या गरे । अझै पनि प्रेम विवाहलाई परिवारले अस्वीकार गरेका घटनाहरु भइरहेका छन् । जिन्दगी बिताउने जोडीलाई नै चित्त बुझिसकेपछि परिवार र समाजले किन अप्ठ्यारो सृजना गरिराखेको होला ?

036 Sunakhari 2073 - 10 - 15 Jan-28-2017

लैङ्गिक विभेदको विषय गैरकानुनी हो । तर कति विभेद रिपोर्ट नगरी थाहा हुँदैन । न कानुनले देख्छ, न सरकारले भेट्छ । त्यस्तो हुने एउटा ठाउँ घर पनि हो । तपाईँले कहिल्यै परिवारमा पुरुष र महिला वा छोरा र छोरीबीच भेदभाव भएको महसुस गर्नुभएको छ ? हामी कार्यक्रम 'सुनाखरी'मा यही विषयमा छलफल गर्दैछौँ । 

035 Sunakhari 2073 - 10 - 08 Jan-21-2017

नेपाल प्रहरीले एउटा नारा अघि सारेको छ, 'प्रहरी मेरो साथी' । के तपाईँलाई प्रहरी साथी जस्तै लाग्छ ? तपाईँको अनुभवले के भन्छ ? हामी कार्यक्रम 'सुनाखरी'मा यही विषयमा छलफल गर्दैछौँ । 

034 Sunakhari 2073 - 10 - 01 Jan-14-2017

हामीमध्ये धेरैको परिवारको कोही न कोही व्यक्ति विदेशमा छन् । वैदेशिक रोजगारले परिवारमा सम्वृद्धि दिएको छ तर समस्याहरु निम्त्याएको पनि सुनिन्छि । तपाईँको भोगाईले के भन्छ ? के कस्ता विषयमा त्यस्ता परिवार सजग हुनुपर्छ ?

033 Sunakhari 2073 - 09 - 23 Jan-07-2017

हामी यति धेरै साक्षर भइसक्यौँ, यति धेरै सचेत भइसक्यौँ । धेरै कुरीति, कुप्रथा र अन्धविश्वासहरुलाई हाम्रो समाजले छोड्दै पनि आएको छ । तर पनि अझै महिनावारी हुँदा बार्ने चलनमा किन विश्वास गरिन्छ ?

032 Sunakhari 2073 - 09 - 16 Dec-31-2016

भविष्यमा के बन्ने भन्ने प्रश्नमा कतिपय छोराछोरीको एउटा सोँचाई हुन्छ, आमा बुवाको अर्कै । यहीकारण आमा बुवा र छोराछोरी बीचमा असन्तुष्टि पनि पैदा हुन्छ । 

031 Sunakhari 2073 - 09 - 09 Dec-24-2016

बोक्सीको आरोपमा हदैसम्मको ज्यादती भएका छन् । यस्तो घटनामा पिडक थोरै हुन्छन्, देख्ने धेरै हुन्छन् । त्यत्रो देख्ने मान्छे हुँदाहुँदै पनि किन त्यस्तो दुव्र्यवहार रोक्न सकिएन ? हामी कार्यक्रम 'सुनाखरी'मा यही विषयमा छलफल गर्दैछौँ । 

030 Sunakhari 2073 - 09 - 02 Dec-17-2016

जाडोको बेला छ । एउटा उखान छ, "आगो ताप्नु मुढाको अर्ती सुन्नु बुढाको" । के बुवाआमाले छोराछोरी अनि बयस्कले तन्नेरीबाट केहि सिक्न सक्दैनन् ? 'बहस सुनाखरीमा' यो हप्ता हामी छलफल गर्दैछौैं ।

029 Sunakhari 2073 - 08 - 25 Dec-10-2016

शिक्षामा खरबौं लगानी छ । सरकारी विद्यालयको गुणस्तर भने वर्षेनी खस्किँदै गएको रिपोर्टहरुले देखाउँछन् । विद्यार्थीको संख्या धेरै, पढाइ हुने समय चैं थोरै, पास हुने विद्यार्थी झन् थोरै तर शिक्षकको अनुभव चैं सबभन्दा धेरै । सामुदायिक र सरकारी स्कुलको अवस्था किन यस्तो भो ? सुधार्न के गर्न सकिन्छ ?

028 Sunakhari 2073 - 08 - 18 Dec-03-2016

प्रेम विवाह अहिलेको युवाको पहिलो रोजाइ बन्दैछ । स्वभाविक रुपमा प्रेमिल जोडीहरु डेटिङ पनि जान्छन् । पार्क, जङ्गल, मन्दिर यस्तै यस्तै ठाउँमा । जोडी मिलेर घुम्न जाने यो डेटिङ ठीक कि बेठीक ? हामी कार्यक्रम 'सुनाखरी'मा यही विषयमा छलफल गर्दैछौँ ।

027 Sunakhari 2073 - 08 - 11 Nov-26-2016

दाइजो दिन वा ल्याउन नसकेकै कारण कोही समस्यामा परेको तपाईँले देख्नु वा सुन्नुभएको छ ? कि आफैले भोग्नुभएको छ ? । हामी सुनाखरीमा यही विषयमा छलफल गर्दैछौँ ।

026 Sunakhari 2073 - 08 - 04 Nov-19-2016

जिवनको सबैभन्दा गाह्रो निर्णय शायद जोडी खोज्नु होला । गएको हप्ता हामीले यो विषयमा कुरा गर्दा धेरै पुरुष साथीहरुले सहभागिता जनाउनु भयो । हामीले यो हप्ता धेरै महिला सहभागिताको आश गरेका छौं । बिहेका लागि सबै लक्षणले युक्त केटी वा लायकको केटा भनेको के हो ? कसरी रोजिन्छ ? कसरी रोजिनु पर्ने हो ?

025 Sunakhari 2073 - 07 - 27 Nov-12-2016

बिहाको मौसम मंसिरबाट शुरु हुँदैछ । धेरै जना बिहेका लागि जोडीको खोजीमा हुनुहुन्छ होला । लायकको केटा/केटी पाए बिहे गर्नु हुन्थ्यो वा गराइदिनु हुन्थ्यो भनेर सबले भनेको सुनिन्छ । यो 'लायक' भनेको चाहिँ कस्तो हुन्छ ? केलाई बिहाका लागि लायक केटा/ केटी भन्ने ? हामी सुनाखरी बहसमा छलफल गर्दैछौैं 

024 Sunakhari 2073 - 07 - 20 Nov-05-2016

चाडबाडकाे बेला हुनसक्ने अापराधिक घटना राेक्नका लागि नेपाल प्रहरीकाे तयारी कस्ताे छ ? नागरिकले कसरी सहयाेग गर्न सक्छन् ? हामीसँग नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरिक्षक (डि आई जी) हेमन्त मल्ल हुनुहुन्छ ।

023 Sunakhari 2073 - 07 - 13 Oct-29-2016

विवाह कति वर्षमा गर्दा ठिक हुन्छ र किन ?

022 Sunakhari 2073 - 07 - 06 Oct-22-2016

२०७३ सालकाे दशैंमा के नयाँ भयाे, कस्ताे हुँदैछ दशैं ?

021 Sunakhari 2073 - 06 - 29 Oct-15-2016

दशै बिशेष कार्यक्रम (पुन:प्रसरन् )

020 Sunakhari 2073 - 06 - 22 Oct-08-2016

चार्डबाडमा उपभाेक्ता ठगी  विषय समेटिएकाे छ ।

019 Sunakhari 2073 - 06 - 15 Oct-01-2016

भूत हुन्छ भन्ने कुरामा बिश्वास लाग्छ कि लाग्दैन ? भन्ने प्रश्नमा धेरैले आफ्नो बिचार राख्नु भो । हामीले भूतका बारेमा आफ्ना बाजे बज्यै, साथीसंगीबाट धेरै कुरा सुनेका हौँला । तर भूत देख्ने अथवा भूत भएकै अनुभव गरेका चैं कति छौं त ? अाजकाे यही विषयमा कुरा छ । अतिथि हुनुहुन्छ मनाेविज्ञान विषयका प्रा. डा. शिशिर सुब्बा ।

018 Sunakhari 2073 - 06 - 08 Sep-24-2016

सार्वजनिक स्थलमा महिला माथि भएका दुर्ब्यवहारका समाचार सधैं सुनिन्छ । तर पुरुष माथि दुर्ब्यवहार भयो भन्ने खासै सुनिँदैन । के पुरुष माथिचाहिँ दुर्ब्यवहार हुँदैन त ? सुनाखरी बहसमा यो हप्ताको छलफल ।

017 Sunakhari 2073 - 06 - 01 Sep-17-2016

अाजकाे सुनाखरी कार्यक्रम भ्रष्टाचार नियन्त्रणमा भएका प्रयासमा अाधारित छ । भ्रष्टाचार हुन नदिन, कम गर्न, भ्रष्टाचारीको भण्डाफोर गर्न सानै किन नहोस् हामीले चाहिँ ब्यक्तिगत तहमा के काम गरेका छाै त ?

016 Sunakhari 2073 - 05 - 25 Sep-10-2016

अाजकाे कार्यक्रममा युवा नेतृत्वकाे विषय समेटिएकाे छ । 

015 Sunakhari 2073 - 05 - 18 Sep-03-2016

बुढेसकालमा छोराले पाल्छ भनिन्छ । दागबत्ती दिन पनि छोरा नै चाहिन्छ भनिन्छ । के छोरीले बाउ आमा पाल्दैनन् ? छोरीले दागबत्ती दिँदा के हुन्छ ? अाजकाे कार्यक्रम सुनाखरीमा यही विषय समेिटएकाे छ । 

014 Sunakhari 2073 - 05 - 11 Aug-27-2016

हाम्रो कृषि प्रणालीलाई नाफा मुखी कसरी बनाउन सकिन्छ ? हामीले कार्यक्रम सुनाखरीमा यही विषयमा छलफल गरेकाछाैं ।

013 Sunakhari 2073 - 05 - 04 Aug-20-2016

फेसबुकको प्रयोग नेपालमा पनि दिनानुदिन बढिरहेको छ । यसको प्रयोगसँगै नराम्रा घटनाहरु पनि बढिरहेको प्रहरीको रेकर्डदेखी विभिन्न समाचारहरुले देखाउँछ । फेसबुकको दुरुपयोगका कारण भएका केही नराम्रा कुरा तपाईँले सुन्नुभएको वा भोग्नुभएको छ ? हामीले कार्यक्रम सुनाखरीमा यही विषयमा छलफल गरेकाछौँ ।

012 Sunakhari 2073 - 04 - 29 Aug-13-2016

अहिले ३० लाखभन्दा बढी नेपाली खाडी मुलुकमा काम गरिरहेका छन् । दिनहुँ १५ सयभन्दा बढी त्यहीँ जानका लागि उडिरहेका छन् । यसरी विदेशिनेहरुलाई “किन विदेश गाको ?” भनेर सोध्यो भने सबै भन्छन्, नेपालमा कामै पाइँदैन । के ती देशहरुमा गएर गर्ने जस्तो काम नेपालमा नपाइएकै हो त ? के नेपालमा कामै नपाएर मान्छे विदेश गएका हुन् त ? 

011 Sunakhari 2073 - 04 - 22 Aug-06-2016

पढार्इ र पैसासँगकाे सम्वन्ध, के पढेकाे पैसै कमाउनकाे लागि हाे त ?

010 Sunakhari 2073 - 04 - 15 July-30-2016

राज्यले व्यवस्था गरेको आरक्षणलाई अझै प्रभावकारी कसरी बनाउने ? हामी कार्यक्रम सुनाखरीमा यही विषयमा कुराकानी गरिरहेका छाैं

009 Sunakhari 2073 - 04 - 08 July-23-2016

मुलुकी ऐन २०२० ले नेपालमा जातीय छुवाछुत अन्त्य भएको घोषणा गर्यो । तर कानुनले ५० वर्ष अघि नै बन्देज लगाएको जातीय भेदभाव व्यवहारमा भने अहिलेसम्म पूर्ण रुपमा हट्न नसक्नुको कारण के होला ? अन्तरजातीय विवाह गर्दा के फरक पर्छ ?

008 Sunakhari 2073 - 04 - 01 July-16-2016

जहाँतहीँ भ्रष्टाचार ब्याप्त छ भनेर हाकाहाकी बहस चलेकै छ । सबलाई थाहा छ तर नियन्त्रण चैं किन नभाको होला त ? भ्रष्टाचार रोक्न के गर्नु पर्ला ?

007 Sunakhari 2073 - 03 - 25 July-09-2016

राजनीति गर्ने नेताले कति पढ्नुपर्छ ? अाजकाे सुनाखरीमा हामीले समेटेकाे विषय हाे । 

006 Sunakhari 2073 - 03 - 18 July-02-2016

विहे गर्दा किन केटी भन्दा केटाको नै उमेर बढी खोजिन्छ ? केटीको उमेर बढी भए के हुन्छ ?

005 Sunakhari 2073 - 03 - 11 June-25-2016

शारीरिक क्षमताकाे अाधारमा महिला र पुरूष बराबर हुन्छन् ?

004 Sunakhari 2073 - 03 - 04 June-18-2016

नेपालीको खानामा भात नै किन पहिलो रोजाईमा पर्छ ? हुँदा हुँदा खाद्यान्न बाँड्दा पनि चामल नै किन प्राथमिकतामा पर्छ ? सुनाखरी टक सो मा हामी प्रत्येक शनिवार विहान ८:२० देखि ९ बजेसम्म प्रत्यक्ष छलफल गर्दैछौँ । कार्यक्रममा सहभागिताका लागि हामीलाई फोन गर्नुहोस्, १६६००१३४५६७ मा । 

003 Sunakhari 2073 - 02 - 29 June-11-2016

ऐनले भन्छ जन्तीमा ५१ जना र ब्रतबन्ध, पास्नी, छैठी लगायतका भोजमा २५ जना भन्दा बढीलाई बोलाउन पाइँदैन । त्यो भन्दा बढी बोलाएमा २० हजार रुपैंयादेखि ३५ हजारसम्म जरिवाना तोकिएको छ । के यो नियम हसाउँन मात्र राखिएको हो ? कार्यान्वयन गर्ने कसले हो?

002 Sunakhari 2073 - 02 - 22 June-04-2016

Episodes: