AFN
Home     Newsletter     Contact Us

Our Programs

मै सरी सुनाखरी

Back to the listing
View Program Details

Mai Sari Sunakhari Episode -144

 

 

Mai Sari Sunakhari Episode -143

 

 

Mai Sari Sunakhari Episode -142

 

 

Mai Sari Sunakhari Episode -141

 

 

Mai Sari Sunakhari Episode -140

 

 

Mai Sari Sunakhari Episode -139

 

 

Mai Sari Sunakhari Episode -138

 

 

Mai Sari Sunakhari Episode -137

 

 

Mai Sari Sunakhari Episode -136

 

 

Mai Sari Sunakhari Episode -135

 

 

Mai Sari Sunakhari Episode -134

 

 

Mai Sari Sunakhari Episode -133

 

 

Mai Sari Sunakhari Episode -132

 

 

Mai Sari Sunakhari Episode -131

 

 

Mai Sari Sunakhari Episode -130

 

 

Mai Sari Sunakhari Episode -129

 

 

Mai Sari Sunakhari Episode -128

 

 

Mai Sari Sunakhari Episode -127

 

 

Mai Sari Sunakhari Episode -126

 

 

Mai Sari Sunakhari Episode -125

 

 

Mai Sari Sunakhari Episode -124

 

 

Mai Sari Sunakhari Episode -123

 

 

Mai Sari Sunakhari Episode -122

 

 

Mai Sari Sunakhari Episode -121

 

 

Mai Sari Sunakhari Episode -120

 

 

Mai Sari Sunakhari Episode -119

 

 

Mai Sari Sunakhari Episode -118

 

 

Mai Sari Sunakhari Episode -117

 

 

Mai Sari Sunakhari Episode -116

 

 

Mai Sari Sunakhari Episode -115

 

 

Mai Sari Sunakhari Episode -114

 

 

Mai Sari Sunakhari Episode -113

 

 

Mai Sari Sunakhari Episode -112

 

 

Mai Sari Sunakhari Episode -111

 

 

Mai Sari Sunakhari Episode -110

 

 

Mai Sari Sunakhari Episode -109

 

 

Mai Sari Sunakhari Episode -108

 

 

Mai Sari Sunakhari Episode -107

 

 

Mai Sari Sunakhari Episode -106

 

 

Mai Sari Sunakhari Episode -105

 

 

Mai Sari Sunakhari Episode -104

 

 

Mai Sari Sunakhari Episode -103

 

 

Mai Sari Sunakhari Episode -102

 

 

Mai Sari Sunakhari Episode -101

 

 

Mai Sari Sunakhari Episode -100

 

 

Mai Sari Sunakhari Episode -99

 

 

Mai Sari Sunakhari Episode -98

 

 

Mai Sari Sunakhari Episode -97

 

 

Mai Sari Sunakhari Episode -96

 

 

Mai Sari Sunakhari Episode -95

 

 

Mai Sari Sunakhari Episode -94

 

 

Mai Sari Sunakhari Episode -93

 

 

Mai Sari Sunakhari Episode -92

 

 

Mai Sari Sunakhari Episode -91

 

 

Mai Sari Sunakhari Episode -90

 

 

Mai Sari Sunakhari Episode -89

 

 

Mai Sari Sunakhari Episode -88

 

 

Mai Sari Sunakhari Episode -87

 

 

Mai Sari Sunakhari Episode -86

 

 

Mai Sari Sunakhari Episode -85

 

 

Mai Sari Sunakhari Episode -84

 

 

Mai Sari Sunakhari Episode -83

 

 

Mai Sari Sunakhari Episode -82

 

 

Mai Sari Sunakhari Episode -81

 

 

Mai Sari Sunakhari Episode -80

 

 

Mai Sari Sunakhari Episode -79

 

 

 

Mai Sari Sunakhari Episode -78

 

 

Mai Sari Sunakhari Episode -77

 

 

Mai Sari Sunakhari Episode -76

 

 

Mai Sari Sunakhari Episode -75

 

 

Mai Sari Sunakhari Episode -74

 

 

Mai Sari Sunakhari Episode -73

 

 

Mai Sari Sunakhari Episode -72

 

 

Mai Sari Sunakhari Episode -71

 

 

Mai Sari Sunakhari Episode -70

 

 

Mai Sari Sunakhari Episode -69

 

 

Mai Sari Sunakhari Episode -68

 

 

Mai Sari Sunakhari Episode -67

 

 

Mai Sari Sunakhari Episode -66

 

Mai Sari Sunakhari Episode -65

 

 

Mai Sari Sunakhari Episode -64

 

 

Mai Sari Sunakhari Episode -63

 

 

Mai Sari Sunakhari Episode -62

 

 

Mai Sari Sunakhari Episode -61

 

 

Mai Sari Sunakhari Episode -60

 

 

Mai Sari Sunakhari Episode -59

 

 

Mai Sari Sunakhari Episode -58

 

 

Mai Sari Sunakhari Episode -57

 

 

Mai Sari Sunakhari Episode -56

 

 

Mai Sari Sunakhari Episode -55

 

 

गएकाे अंकमा जमघटका लागि भन्दै भेटवाललार्इ लिन अाएका त्रिलाेचन भेटवाल जान नचाहेपछि रूक्मीणी नै भेटवाललार्इ लैजान बाहिर पर्खेर बसेकाे जानकारी दिएका थिए । उता काेक्राे हुँदाहुँदै नयाँ काेक्राे बनाउँने रहर गरेकी डाँडागाउँकी जेठीअामाले गर्वकासाथ अब जन्मने नातीकाे लागि कुनै पनि पुरानाे सामान प्रयाेग नगर्ने बताएकी थिइन् । यता स्यालकाेटकी जुनीमायाले कहिलेकाही मात्र भेट्ने प्रस्ताव राख्दा उनका प्रेमी शुकमानले धेरै नभेट्ने हाे भने जुनीमायाले माेबाइल बाेक्नुपर्ने शर्त राखेका थिए । अब के हुन्छ त? थाहा पाउँनका लागि सुनाैँ अंक ५४ 

 

Mai Sari Sunakhari Episode -54

 

 

गएकाे अंकमा स्यालकाेटका शुकमानले अाप्पा पहलमानसँग पैसा मागेपछि पहलमानले पहिले दिएकाे पैसाकाे कुरा निकाल्दा शुकमानले गर्वकासाथ साे पैसा जुनीमायालार्इ दिएकाे बताएका थिए । उता बगरपुरमा छाेरालार्इ दुध खुवाइरहेकाे बेला प्रमाेद अाइपुगेपछि अफ्ठ्याराे मान्दै दुध छुटाएकी रश्मी, सासु चन्द्रकलाले सम्झाउँदा झनै रिसाएकी थिइन् । यता केही बेर अघि भेटावाल र उपाशनाबीच त्रिलाेचनकाे गलत नियतकाे बारेमा कुरा भइरहेकाे थियाे तर त्रिलाेचन अाएर बुझ्न खाेज्दा भेटवालले कुरा अन्त माेडेका थिए । अब के हुन्छ त? थाहा पाउँनका लागि सुनाैँ अंक ५३

 

Mai Sari Sunakhari Episode -53

 

 

गएकाे अंकमा बगरपुरकी रश्मीलार्इ उनकी सासु चन्द्रकलाले बच्चालार्इ दुध खुलाउन कर गरिरहँदा रश्मी भने अाफ्नाे बारेमा साेच्ने काेही नभएकाे भन्दै दुखी भएकी थिइन् । उता डाँडागाउँमा काका सहदेवले छाेरा नै हुनुपर्छ भन्रे जरूरी नभएकाे भन्दै हेम्बेलार्इ सम्झाउँदै गर्दा हेम्बे भने मर्द हुनकै लागि भएपनि एउटा छाेरा जन्माएर छाड्छु भन्दै कड्किएका थिए । यता स्यालकाेटमा तिहारपछि फिर्ता दिन्छु भन्दै करूणासँग पैसा सापटी लगेकी जुनीमायाले तुरून्तै पैसा फिर्ता दिनअाएपछि करूणा छक्क परेकी थिइन् । अब के हुन्छ त? थाहा पाउँनका लागि सुनाैँ अंक ५२

Mai Sari Sunakhari Episode -52

 

गएकाे अंकमा डाँडागाउँका हेम्बेले खल्तीभरि कण्डम बाेकेर देखेर उनकी गर्भवती श्रीमती रामप्यारी छक्क परेकी थिइन् । उता मध्यपुरमा स्वस्तिका कर्पाेरेशनमा कार्यरत उपाशनाकाे सहकर्मी साथी रशिक भने उपाशना र प्रभातबीच चिसिएकाे सम्बन्धमा सुधार ल्याउन प्रयासरत देखिन्थे । यता छाेरा जन्मेपछि पनि श्रीमान अशाेक खुसी नदेखिएकाे भन्दै चिन्ता गरिरहेकी बगरपुरकी रश्मी एकाएक अशाेककाे फाेन अाउँदा उत्साहित भएकी थिइन् । अब के हुन्छ त? थाहा पाउँनका लागि सुनाैँ अंक ५१

 

Mai Sari Sunakhari Episode -51

 

 

गएकाे अंकमा अावेगमा अाएर श्रीमती अरूणीमामाथि हात छाेडेका मध्यपुरका भेटवाल पिटाइकै कारण अरूणीमा बिरामी परेपछि निकै पछुताएका थिए । उता स्यालकाेटमा बत्ती बाल्ने घिउ किन्र म्हम फूलमायाले दिएकाे पैसा हराएकी जुनीमायाले अाफूसँग रिसाइरहेकी म्हमलार्इ जसरी भएपनि पैसा फिर्ता दिने बचन दिएकी थिइन् । यता डाँडागाउँमा बुहारी रामप्यारीले नाती नै जन्माउँछे भनेर जेठीअामा ढुक्क थिइन् । तर रामप्यारी भने छाेरी नै हुन्छ कि भन्रे अाशंकामा थिइन् । अब के हुन्छ त ? थाहा पाउँनका लागि सुनाैँ अंक ५०

 

Mai Sari Sunakhari Episode -50

 

 

शुकमानकै कारण स्कूल छाेडेर फिलिम हेर्न गएकी स्यालकाेटकी जुनीमायाले करूणासँग भने शुकमान र अाफूबीच केही नभए जस्ताे अभिनय गरेकी थिइन् । उता बगरपुरमा रश्मीकाे भरखरै जन्मेकाे छाेराकाे अनुहार हेर्न अाएकी छिमेकी निर्मलाले अनुहार हेरेपछि बाबुकाे अनुहारसँग पटक्कै नमिल्ने भन्दै शंका गरेकी थिइन् । यता मध्यनगरमा पार्टीमा जान तयार हुँदै गरेकी अरूणीमाले अाफूलार्इ केही नसाेधी श्रीमान भेटवालले गहनाकाे सेट बेचिदिएकाे कुरा थाहा पाएपछि तनाव बढेकाे थियाे । अब के हुन्छ त? थाहा पाउँनका लागि सुनाैँ अंक ४९ 

 

Mai Sari Sunakhari Episode -49

 

 

अदुवा खन्दै गरेकी बगरपुरकी रश्मीलार्इ प्रसव पींडाले छुँदै गर्दा उनकै नन्दा नाता पर्ने समिक्षाले अस्पताल जान कर गर्दैथिइन् । उता डाँडागाउँकी जेठीअामाले मितीनीले धाेका दिएकाे भन्दै अब अाफ्नाे नाती नभएसम्म मितीनीकाे घरमा पाइलै नटेक्ने अडान लिएकी थिइन् । यता स्यालकाेटमा जुनीमायाले प्रेम प्रस्ताव स्वीकारेपछि दंग परेका शुकमानले जुनीमायासँग स्कूल हापेर घुम्न जाने प्रस्ताव राखेका थिए । अब के हुन्छ त? थाहा पाउँनका लागि सुनाै अंक ४८ 

 

Mai Sari Sunakhari Episode -48

 

 

बुहारी रामप्यारीले मितीनीको घरबाट हेम्बेकाे उपचार खर्च तिर्ने पैसा ल्याउँछिन् भनेर ढुक्क भएकी डाँडागाउँकी जेठीअामा अन्तमा खाली हात फर्केकी रामप्यारीलार्इ देखेर चकित भएकी थिइन् । उता मध्यनगरका भेटवाललार्इ भरखरै नियुक्त भएकी पी ए समितासँग हिमचिम बढाउँन उनकै कर्मचारी त्रिलाेचनले उक्साउँदै थिए । यता बगरपूरमा दही चिउरा ख्वाउन अाएकी अामाले सिसीमा गालेकाे काँक्राेकाे अचार नल्याइदिएकाे भन्दै रश्मी निकै रिसाएकी थिइन् । अब के हुन्छ त, थाहा पाउँनका लागि सुनाैँ अंक ४७

 

Mai Sari Sunakhari Episode -47

 

 

यता मध्यनगरमा पैसाकाे अापतमा परेकी रूक्मिणीलार्इ सहयाेग नगरे रूक्मिणीकै कारण भेटवालकाे पारिवारिक जीवनमा अफ्ठ्याराे पर्न सक्ने कुरा उनकै कार्यालयका मेनेजर त्रिलाेचनले गरेकाथिए । उता  स्यालकाेटमा जुनीमायासँग रिसाएर सहर जान लागेका शुकमानलार्इ राेक्न जुनीमाया अाफै अाइपुगेकी थिइन् । यता डाँडागाउँमा दुध दुहुन लागेकै बेला भैँसी फुस्केर भागेपछि  जेठीअामा र उनकी बुहारी रामप्यारी अापतमा परेका थिए । अब के हुन्छ त? थाहा पाउँनका लागि सुनाैँ अंक ४६

 

Mai Sari Sunakhari Episode -46

 

 

स्यालकोटकी जुनीमायालार्इ शुकमानकाे साथी प्नशान्तले शुकमान जस्ताे माया गर्ने मान्छेलार्इ नगुमाउँन सचेत बनाउँदैथिए । उता बगरपुरकी समिक्षाले एकपटक उपाशनासँग भेटेेर सम्बन्ध सुधार्नका लागि प्रभातलार्इ सल्लाह दिएकी थिइन् । यता मध्यनगरमा त्रिलोचनकै कारण अाफू फसेकाे कुरा थाहा पाएकी उपाशनालार्इ उनै त्रिलाेचनले माफी माग्नुकाे सट्टा कसैले अाफ्नाे केही बिगार्न नसक्ने चेतावनी दिएकाथिए । अब के हुन्छ त, थाहा पाउँनका लागि सुनाै अंक ४५

 

Mai Sari Sunakhari Episode -45

 

 

बगरपुरमा रश्मीको घरमा मन्दिर बनाउँने तयारी हुँदैथियाे । तर मन्दिर बनाउँने सम्पूर्ण जिम्मा लिएका माइलादाइ भने एकाएक घर हिँडेका थिए । उता लडेर घाइते भएका डाँडागाउँका हेम्बेकाे उपचार खर्च कसरी जुटाउने भन्ने विषयमा रामप्यारी निकै चिन्तित थिइन् । यता स्यालकोटमा अाफूसँग मरिहत्य गर्ने शुकमानले शान्तीलार्इ भगाएकाे कुरा सुनेपछि जुनीमायाकाे हाेसहवास नै उडेकाे थियाे । अब के हुन्छ त, थाहा पाउँनका लागि सुनाैँ अंक ४४

 

Mai Sari Sunakhari Episode -44

 

 

अार्थिक उपार्जनका लागि सहर जाने निर्णयमा पुगेका डाँडागाउँका हेम्बे गाउँकै खानेपानीकाे पाइप लाइन मर्मत गर्ने क्रममा चिप्लेर लेडेका थिए । उता मध्यनगरकाे स्वस्तिका कर्पाेरशनकी कर्मचारी समिताले हाकिम भेटवालबाट पी ए बन्रे प्रस्ताव अाएकाे खुसी साट्दै गर्दा उपाशनाले उक्त पदका लागि हस्ताक्षर नगर्न सुझाव दिएकी थिइन् । यता बगरपुरमा पैसाकाे अभावकाे कारण मन्दिर बनाउने काम राेकिएकाेथियाे । त्यही विषयमा रश्मी र चन्द्रकला कुरा गर्दै गर्दा माइला दाइ अाएर मन्दिर बनाउँने खर्च भन्दै पच्चीस हजार रकम चन्द्रकलाकाे हातमा थमाइदिएका थिए । अब के हुन्छ त, थाहा पाउँनका लागि सुनाैँ अंक ४३

 

Mai Sari Sunakhari Episode -43

 

 

घरमा बिरामी श्रीमतीदेखि निरास भएका भेटवाललार्इ उनकै सहकर्मी साथी त्रिलाेचनले अफिसकै कर्मचारी समितालार्इ पी ए काे रूपमा नियुक्ती गर्न सुझाएका थिए । उता जुनीमायाले बेवास्ता गरेकाे रीसमा शुकमानले अाफ्नाे माेबाइलबाट जुनीमायाकाे  फाेटाे हटाइदिएका थिए । यता अामाकाे बचन र उपाशनाकाे हाैसला पाएपछि डाँडागाउँका हेम्बे गर्भवती श्रीमती रामप्यारीलार्इ छाेडेर मध्यनगर जाने निर्णयमा पुगेका थिए । अब के हुन्छ त, थाहा पाउँनका लागि सुनाैँ अंक ४२ 

 

Mai Sari Sunakhari Episode -42

 

 

स्यालकाेटकी करूणा अाफ्नी बहिनी नमुनाकाे कापीमा शुकमानले जुनीमायालार्इ लेखेकाे चिठी भेटेर तनावमा अाएकी थिइन् । उता रश्मीकाे उपचारकाे लागि धामीकाेमा पुगेकी चन्द्रकलालार्इ धामीले अागनमा नागथान नबनाए ठूलै अनिष्ट हुने चेतावनी दिएका थिए । यता मध्यनगरमा भेटवालकाे इच्छा बिपरित नृत्य सिकिरहेकी उनकी छाेरी निभाले एकाएक अब अाइन्दा नृत्य कक्षा नलिनेे निर्णय सुनाएकी थिइन् । अब के हुन्छ त, थाहा पाउँनका लागि सुनाैँ अंक ४१ 

 

Mai Sari Sunakhari Episode -41

 

 

गर्भवती बुहारी रश्मी एकाएक बिरामी परेपछि बगरपुरकी चन्द्रकलालार्इ  निकै अापत परेकाे थियाे । उता घरकाे अार्थिक बाेझ कम गर्न अनेक उपाय साेच्दै गरेका डाँडागाउँका हेम्बेलार्इ उनकै बाल्यकालकी साथी उपाशनाले मध्यनगर अाएर काम सुरू गर्न हाैसला दिएकी थिइन् । यता स्यालकाेटमा खुट्टामा चाेट लागेर हजुरअामालार्इ मेडिकलमा लिएर अाएकी जुनीमाया हजुरअामालार्इ बाेक्ने मान्छेे नअाइदिएपछि छटपटाउँदै थिइन्। त्यहीबेला शुकमान अाउँदै गरेकाे देखेर फूलमाया खुसी भएकी थिइन् । अब के हुन्छ त, थाहा पाउँनका लागि सुनाैँ अंक ४० 

 

Mai Sari Sunakhari Episode -40

 

 

डाँडागाउँका हेम्बे सहर जान लागेकाे कुरा थाहा पाएपछि हेम्बेकै लागि गाेरूकाे बैना दिएर फर्केका उनका काका सहदेव अाश्चर्यमा परेका थिए । उता मध्यनगरमा भेटवालले अाफ्नाे कर्मचारी समीतालार्इ कामकाे शीलशीलामा एक रात बाहिरै बस्ने गरी तयारी हुन अादेश दिएका थिए । यता बगरपुरमा भने धारामा नुहाउँदै समीक्षासँग गफमा भुलिरहेकी रश्मीकाे माेबाइलमा अशाेककाे नम्बरबाट अरू कसैले फाेन गरेकाे थियाे । अब के हुन्छ त? थाहा पाउँनका लागि सुनाैँ अंक ३९

 

Mai Sari Sunakhari Episode -39

 

 

मध्यनगरकाे भेटवालकी छाेरी निभाले उनकी अामा अरूणीमानसँग बुबालार्इ नभन्ने शर्तमा अाफू चाँडै नै एउटा चलचित्रकाे नायीका बन्न लागेकाे कुरा सुनाएकी थिइन् । उता स्यालकाेटका शुकमानले अाफ्नाे बुबा पहलमानसँग जुनीमायाकाे हात माग्न जाने कुरा गरेका थिए । यता डाँडागाउँमा हेम्बेलार्इ बिदेश जान राेक्दै अाएकी उनकी अामाले अकस्मात बिदेश जान स्वीकृति दिएकी थिइन् । अब के हुन्छ त? थाहा पाउँनका लागि सुनाैँ अंक ३८

 

Mai Sari Sunakhari Episode -38

 

  

शुकमानकाे एकाेहाेराे ब्यबहारले चिढिँएकी स्यालकाेटकी जुनीमायासँग उनकै हजुरअामा फूलमायाले शुकमानकाे खुब प्रशंसा गरेकी थिइन् । उता बगरपूरकी रश्मी र उनकी सासु चन्द्रकलाबीच मनमुटाव बढाउन निर्मलाले रश्मीले बाेका बेच्न खाेजेकाे कुरा सुनाइदिएकी थिइन् । यता मध्यनगरमा भने त्रिलाेचनले उनकै हाकिम भेटवालकाे इच्छा विपरितकाे काम गर्न भेटवालकै छाेरी निभालाइ प्राेत्साहित गर्दैथिए । अब के हुन्छ त ? थाहा पाउँनका लागि सुनाैँ अंक ३७

 

Mai Sari Sunakhari Episode -37

 

 

छाेरा अशाेकले पठाएकाे पैसा लिन गएकी बुहारी रश्मी अाफूलार्इ एक अाखर नसाेधी त्यही पैसाले सुनकाे सिक्री लगाएर अाएपछि बगरपूरकी चन्द्रकला अचम्मित भएकी थिइ्न् । उता डाँगागाउँका हेम्बे र उनकी श्रीमती रामप्यारी भरखरै फिल्म हेरेर फर्कदैथिए । त्यहीबेला बाटाेमै भेटिएकी हेम्बेकी बाल्यकालकी साथी उपाशनाले हेम्बेलार्इ अंगालाे मारेपछि रामप्यारी फन्केर हिँडेकी थिइन् । यता शुकमानले परीक्षाकाे बेला दिएकाे चिटकाे कारण स्कूल र घर दुवैतिर सजाय पाएकी स्यालकाेटकी जुनीमायाले शुकमानसँग अाक्राेश पाेखेकी थिइन् । अब के हुन्छ त? थाहा पाउँनका लागि सुनाैँ अंक ३६

 

Mai Sari Sunakhari Episode -36 

 

 

जेठानीकाे ब्यबहारले दिक्क भएकी डाेल्माले श्रीमान सहदेवसँग हेम्बेकाे लागि ल्याएकाे गाेरू बेचिदिन कर गर्दा सहदेव रिसाएका थिए । रूक्मिणीसँग भेट्ने तरखर गरेकाे बेला श्रीमती बिरामी परेपछि तनावमा अाएका भेटवाललार्इ त्रिलाेचनले जिम्मेवारी म सम्हाल्छु भन्दै रूक्मिणीकाेमा जान उक्साएका थिए । बिदेशिएका श्रीमान अशाेक त्यति संपर्कमा नअाएपछि यता बगरपूरकी रश्मीकाे मनमा चिसाे पसेकाे थियाे । अब के हुन्छ त? थाहा पाउँनका लागि सुनाैँ अंक ३५ 

 

Mai Sari Sunakhari Episode -35

 

 

नयाँ परियाेजनाकाे गाेपनीयता भंग गरेकाे अाराेपमा कारवाही स्वरूप डाँडागाउँ जान लागेकी उपाशनाले अाफूमाथि लागेकाे झुटाे अाराेप  मेटाउँनु नै अाफ्नाे मूख्य उदेश्य भएकाे बताएकी थिइन् । उता स्यालकाेटकी जुनीमायाले परीक्षाकाे बेला चीट चाेरेकाे कुरालार्इ लिएर उनकी अामा लाली  निकै तनावमा अाएकी थिइन् यता डाँडागाउँकी जेठीअामाले अाफ्नै देवर सहदेवलार्इ नानाथरी भन्दै सरापेकाे कुरा उनकै नातीनी हिराले गएर सहदेवलार्इ भनिदिने धम्की दिएकी थिइन् । अब के हुन्छ त? थाहा पाउँनका लागि सुनाैँ अंक ३४ 

 

Mai Sari Sunakhari Episode -34

 

 

गणितकाे परीक्षामा शुकमानले झ्यालबाट दिएकाे चीट सार्दा स्यालकाेटकी जुनीमायाकाे उत्तर पुस्तिका नै खाेसिएकाे थियाे ।  उता बगरपूरमा गर्भवती भएपछि पहिलाे पटक अस्पतालमा जचाउँन पुगेकी रश्मी पुरूष चिकित्सकले जचाउँने कुरा सुनेपछि अफ्ठ्याराेमा परेकी थिइन् । यता मध्यनगरमा कार्यालयकाे गाेपनियता भंग गरेकाे अाराेपमा भेटवालले उपाशनालार्इ अाफ्नाे कुरा नमान्ने हाे भने राजीनामा दिन धम्की दिएका थिए । अब के हुन्छ त, थाहा पाउँनका लागि सुनाैँ अंक ३३  

 

Mai Sari Sunakhari Episode -33

 

 

गर्भवती बुहारी रश्मीलार्इ अस्पतालमा जचाउँन पठाउने कुरा गरेकी चन्द्रकलालार्इ उनकै छिमेकी निर्मलाले अस्पताल पठाउँदा जथाभावी अाैषधी दिएर बच्चाकै ज्यान जान सक्ने भन्दै त्रसित बनाउँन खाेजेकी थिइन् । उता डाँडागाउँका हेम्बेलार्इ उनका साथी रामेले अब त छाेरा नै हुन्छ हाेला भनेर जिस्काउँदा हेम्बे रामप्यारीले लट्टे झाँक्रीले फुकेर दिएकाे रक्ती उल्टी गरिदिएकाेले खै के पाे हुने हाे भन्दै चिन्तित देखिन्थे । यता स्यालकाेटकी जुनीमायाकाे चिन्ता भने गणीतकै परीक्षा कसरी दिने भन्नेमा  थियाे ।  

 

Mai Sari Sunakhari Episode -32

 

 

रामप्यारीले छाेरा जन्माउने विश्वासमा डाँडा गाउँकी जेठीअामाले त्रिशुल फाँटका लट्टे झाँक्रीले फुकेर दिएकाे रक्ती खुवाउँदा रामप्यारीले उल्टी गरिदिएकी थिइन् । उता मध्यनगरमा भेटवालकी छाेरी निभाले भेटवालकाे इच्छा बिपरित नृत्य कक्षालार्इ निरन्तरता दिने अडान लिएकी थिइन् । यता बगरपूरमा भने श्रावण महिनामा मासु नखाने रश्मीकाे घरमा माइलादाइले मासु लिएर अाइदिएपछि चन्द्रकलालार्इ निकै तनाब भएकाे थियाे ।अब के हुन्छ त, थाहा पाउनका लागि सुनाैँ अंक ३१ 

 

Mai Sari Sunakhari Episode -31

 

 

मध्यनगरकाे स्वस्तिका कर्पाेरेशनका हाकिम भेटवाललार्इ उपासनाका प्रेमी प्रभातले अफिसमै अाएर तमासा गरेकाे कुरा त्रिलाेचनले सुनाइदिएपछि भेटवाल अाक्राेसमा अाएका थिए । उता गणीतमा कमजाेर भएकी स्यालकाेटकी जुनीमाया परीक्षा नजिक अाइरहेकै बेला गणीतकै कापी हराएर तनावमा अाएकी थिइन् । यता रामप्यारी गर्भवती भएकाे कुराले मख्ख परेका डाँडागाउँका हेम्बे अाफूलार्इ थाहै नदिइ अामा सानीअामाकाे घर गएकाे कुराले अाशंकित भएका थिए । अब के हुन्छ त, थाहा पाउँनका लागि सुनाैँ अंक ३०

 

Mai Sari Sunakhari Episode -30

 

 

स्यालकाेटका शुकमान जुनीमायाकाे अाग्रहमा साेजनसँग फेरि मित्रता कायम गर्न मञ्जुर भएका थिए तर त्यसका लागि जुनीमायाले अाफ्नाे कुरा मान्रुपर्ने उनकाे शर्त थियाे । उता बगरपूरमा राेपाइ भइरहेकाे बेला खाजा खाने बेला भएर पनि रश्मी खाजा लिएर नअाइपुगेपछि उनकी सासु चन्द्रकला निकै अात्तिएकी थिइन् । यता मध्यनगरमा स्वस्तिका कर्पाेरशनकी कर्मचारी उपासना र प्रभातबीचकाे प्रेम सम्बन्ध पूरै चिसिएकाे थियाे । अब के हुन्छ त, थाहा पाउनका लागि सुनाैँ अंक २९

 

Mai Sari Sunakhari Episode -29

 

 

अाफ्नै मामा ससुराले थाेरै पैसा माग्दा पनि छैन भनेर टारेकी रश्मीले गाउँकाे प्रमाेदलार्इ भने भएजति पैसा दिन तयार भएकी थिइन् । यता डाँडागाउँका हेम्बे र उनकी श्रीमती रामप्यारीबीच बाेलचाल नहुँदा हेम्बेले अाफै दाेस्राे पटक बाबु बन्दै गरेकाे कुरा डाेल्मा काकीकाे मुखबाट सुनेका थिए । यता स्यालकाेटमा साेजनले शुकमानसँग बदला लिन लागेकाे कुरा थाहा पाएकी नमुनाले जुनीमायासँग अब शुकमान र साेजनलार्इ मिलाउनुपर्ने कुरा गरेकी थिइन् । अब के हुन्छ त, थाहा पाउनका लागि सुनाैँ अंक २८

 

Mai Sari Sunakhari Episode -28

 

 

भाका नाघेर पनि गाेरूकाे पैसा नतिरेकाे रीसमा जंगिदै अाएका ढकाल बाजेलार्इ, खेत जाेतिरहेका हेम्बेले गाेरू फुकाएर लैजाने भए लैजाउन भनेका थिए । यता परी लञ्जकी रूक्मीणीसँग नजिकिदै गएका भेटवाल रूक्मीणीकाे हाउभाउसँग थप अाकर्षित देखिन्थे । उता बगरपूरकी रश्मी भने, समिक्षासँग रमाइलाे कुरा गरिरहेकाे बेला एक्कासी बिदेशबाट ल्याएकाे लाश देखेर हताेत्साही भएकी थिइन् । अब के हुन्छ त, थाहा पाउनका लागि सुनाैँ अंक २७

 

 Mai Sari Sunakhari Episode -27

  

  

मध्यनगरकाे स्वस्तिका कर्पाेरेशनकी कर्मचारी उपाशनालार्इ उनकै सहकर्मी साथी रसिकले साेही अफिसका मेनेजर त्रिलाेचन नै उपाशनाकाे लागि सही च्वाइस हुन सक्ने भन्दै ठट्टा गरेका थिए । उता स्यालकाेटमा जुनीमायाकै साथी शान्तीले शुकमानसँग भेटेर जुनीमाया र शुकमानकाे नाम लेख्ने काम अाफूले शुकमानकै लागि गरेकाे खुलासा गरेकी थिइन् । यता डाँडागाउँकी रामप्यारीले हेम्बेकाे मन बुुझ्न अर्कै बिहे गर भन्दा हेम्बेले पनि हुन्छ भनेर जवाफ दिएका थिए ।  अब के हुन्छ त, थाहा पाउनका लागि सुनाैँ अंक २६   

 

Mai Sari Sunakhari Episode -26

 

 

अंक २४ मा स्यालकाेटकी जुनीमायाकाे विषयमा उनकै गाउँका केटाहरू शुकमान र साेजन बीच कुटाकुट भएकाे थियाे । यता माइत गएर भरखरै फर्केकी बगरपूरकी रश्मी, अाफ्नै श्रीमानकाे मामाले रक्सी किन्र अह्राएपछि निकै अफ्ठ्याराेमा परेकी थिइन् । उता मध्यनगरमा उपासनाकाे अनुहार अाफ्नाे भूपु प्रेमिकासँग मिल्ने भन्दै त्रिलाेचनले अब उपासनासँगकाे सहकार्यले नयाँ बाटाे लिन थालेकाे हाे कि भन्ने संकेत दिएका थिए । अब के हुन्छ त, थाहा पाउनका लागि सुनाैँ अंक २५ 

 

Mai Sari Sunakhari Episode -25

 

 

अंक २३ मा बगरपूरकी रश्मीकी सासु चन्द्रकला घरमा अचानक अाइपुगेका माइलादाइले अाफूलार्इ भाञ्जा अशाेकले नै घरकाे रेखदेख गर्न पठाएकाे भनेपछि अचम्मित भएकी थिइन् ।यता हेम्बेकी अामाले बुहारी रामप्यारीले छाेरा नपाए हेम्बेकाे बिहेअरूसँग गरिदिने चेतावनी दिएकी थिइन् ।उता स्यालकाेटमा बाटाेभरि जुनीमाया र शुकमानकाे नाम लेखेर उनीहरू बीच प्रेम सम्बन्ध रहेकाे हल्ला चलाइएकाे थियाे । अब के हुन्छ त, थाहा पाउनका लागि सुनाैँ अंक २४

 

Mai Sari Sunakhari Episode -24

 

 

अंक २२ मा मितिनीकाे नातीकाे पाश्नीमा गएकी डाँडा गाउँकी जेठीअामालार्इ उनकै मितिनीले हेम्बेकाे छाेरा नजन्मेकाे विषयलार्इ लिएर छेड हानेकी थिइन् । उता मध्यनगरमा उपासना र उनका प्रेमी प्रभात बीचकाे खटपट सुल्झनुकाे सट्टा झन बढेकाे थियाे । यता बगरपूरकी रश्मीले सासु चन्द्रकलासँग अामालार्इ देख्न मन लागेकाे भन्दै माइत जाने कुरा गरेकी थिइन् । अब के हुन्छ, थाहा पाउनका लागि सुनाै अंक २३

 

Mai Sari Sunakhari Episode -23

 

 

अंक २१ मा मध्यपूरका भेटवाल बिरामी श्रीमतीकाे हेेरविचार गरिरहेका बेला रूक्मीणीकाे फाेन अाएपछि अफ्ठ्याराेमा परेका थिए । यता स्यालकाेटकी करूणासँग उनकै बहिनी नमुनाकी साथी शान्तीले नमुना र जुनीमाया बीच फाटाे ल्याउँन जुनीमायाकाे कुरा काट्दै थिइन् । उता डाँडा गाउँका हेम्बे सहदेव काकाकाे हराएकाे गाेरू अाफ्नै गाेठमा  देखेर खुसी  थिए भने उनकी अामा चाहिँ रिसाएकी थिइन् । अब के हुन्छ, थाहा पाउनका लागि सुनाैँ अंक २२ 

 

Mai Sari Sunakhari Episode -22

 

 

स्यालकोटकी जुनीमायालार्इ उनकै कक्षाकी साथी शान्तीले सोजनसँग लागेको अाराेप लगाएपछि जुनीमाया रीसले अागो भएकी थिइन् । उता बगरपूरकी समिक्षासँग मध्यपूरबाट थेसीसको लागि अनुसन्धान गर्न अाएका प्रभातले नटुट्ने सम्बन्ध गाँसेकाे संकेत दिएका थिए । यता मध्यनगरका भेटवालकाे भने मर्निंगवाक जाने क्रममा रूक्मिणी नाम गरेकी एउटी महिलासँग भेट भएको थियो । अब के हुन्छ त, थाहा पाउनका लागि सुनाैँ अंक २१

 

Mai Sari Sunakhari Episode -21

 

 

डाँडा गाउँका हेम्बेको गोठबाट उनकै काका सहदेवको गोरू हराएपछि जंगलमा खोज्न हिँडेका उनै काका भतिजा बीच त्यही गोरूका कारण भनाभन भएको थियो । यता वगरपूरमा रश्मी गर्भवती भएको खवरले अशोक रिसाएको कुरा गर्दै छिमेकी निर्मलाले चन्द्रकलालार्इ छोरा बुहारीको सम्बन्धप्रति सशंकित बनाउँने कोसिस गरेकी थिइन् । उता स्यालकोटका ठिटो शुकमानले भकारीमा पकाउन राखेको केरा एकाएक गायब गरिदिएपछि उनकी अमा इन्दिरा तनावमा अाएकी थिइन् । अव के हु्न्छ थाहा पाउनका लागि अंक २० सुनाैँ । 

 

Mai Sari Sunakhari Episode -20

 

 

सहदेवले किनेको गोरू अाफ्नो गोठमा बाँधेको जेठीअामालार्इ फिटिक्कै मन परेको छैन । अफिसको काममा सहयोग गरेकोले उपासनाले त्रिलोचनलार्इ यो गुन कैले पो तिर्ने होला भन्दा कुनै दिन मैले नि केहि भन्छु मान्नु पर्छ नि भन्छन । बगरपुरकी रश्मी गर्भवती भएको कुरा विदेशमा रहेका पति अशोकलार्इ सुनाउँदा अशोक रश्मीसंग रूष्ट भएका छन् । अब के हुन्छ ? सुनाैं अंक १९ 

 

Mai Sari Sunakhari Episode -19

 

 

अाफ्नै काम पुरा गर्न नसकिरहेका बेला समिताको समेत कामको जिम्मेवारी अाफुलार्इ सुम्पिदा उपासना तनावमा छिन । जुनीमायालार्इ भेट्ने वहानामा पाकेका केराहरू बोकेर सुकमान जुनीमायाको घरमै अाउँछन र बजु फुलमायालार्इ दिन्छन । हेम्बेको एउटा गोरू मरेपछि अर्को किनेर हल मिलाउन सकिरहेको छैन । रामप्यारीले गोरू बेचीदिने भन्छिन अब के हुन्छ ? सुनै अंक १८

 

Mai Sari Sunakhari Episode -18

 

 

छाेरा सुकमानले हितमान साहुको पसलबाट उधारोमा जुत्ता लगेको कुरा सुनेर इन्दिरा सुकमानसंग रूष्ट भएकी छिन् । बगरपुरकी रश्मी श्रीमान अशाेक विदेश गएपछि गर्भवती भइन भन्ने निर्मलाको कुराले शंका उत्पन्न गराएको छ । एयरपोर्टमा प्रभातसंग कुरा भैरहँदा उपासनाको मोबाइलमा त्रिलोचनले पठाएको मेसेज अाएपछि प्रभातको मनमा उपासना र त्रिलोचनको सम्बन्धका बारेमा शंकाले बास गरेकाेछ । अब के हुन्छ थाहा पाउन सुनाैं अंक १७

 

Mai Sari Sunakhari Episode -17

 

 

बगरपूरकी रश्मीले अाफू गर्भवती भएकाे कुरा अाफ्नै श्रीमानलार्इ नसुनाएकाे भनेपछि निर्मला काकी अाशंकित भएकी थिइन् । यता डाँडा गाउँमा एकपछि अर्काे समस्यामा परेका हेम्बेलार्इ उनकी श्रीमती रामप्यारीले बाँकी रहेकाे एउटा गाेरू बेचिदिने हाे कि भन्दै सल्लाह दिदैथिइन् । उता जुनीमायालार्इ पाउन मरिहत्य गरेका शुकमान अामाले पैसा नदिएपछि रीसले फन्किदै निस्केका थिए । अब के हुन्छ त? थाहा पाउनका लागि सुनाैँ अंक १६

 

Mai Sari Sunakhari Episode -16

 

 

डाँडा गाउँका हेम्बे र उनकी श्रीमती खाेला पसेकाे खेतमा ढुंगा हटाउँदै गर्दा अचानक हेम्बेकाे हात ढुंगाले च्यापेकाे थियाे । यता मध्यपूरका भेटवाल छाेरी निभालार्इ लिएर उनले पढ्ने इन्स्टिच्यूट जान खाेज्दा निभाले,एक्कासी टाउकाे घुमाएकाे भन्दै सञ्चाे भएपछि अाफै जाने बताएकी थिइन् । उता बगरपूरकी रश्मी पनि केलाएकाे दाल बाेकेर भित्र जाँदै गर्दा लडेकी थिइन् । अब के हुन्छ त ? थाहा पाउनका लागि सुनाै अंक १५ 

 

Mai Sari Sunakhari Episode -15

 

 

मध्यपूरमा स्वस्तिका कर्पाेरेशनकाे नयाँ परियाेजना लिड गर्न अवसर पाएकी उपासनाले प्रेमी प्रभातसँग भेटेर खुसी बाँड्दै अगाडि बढ्नकाे लागि साथ माग्न खाेज्दा प्रभातकाे कुराले उल्टै निरास भएकी थिइन् । उता स्यालकाेटकी जुनीमायालार्इ उनकी अामा लालीले अाप्पाकै लागि भएपनि अाफूले गरेकाे दुःख खेर नफाल्न बचन मागेकी थिइन् । यता डाँडागाउँका हेम्बे र जेठीअामा बीच पारिवारिक गन्थन भइरहेकाे बेला काेही हेम्बेकाे खेतमा खाेला पसेकाे खबर लिएर अाइपुगेका थिए । 

अब के हुन्छ त? थाहा पाउनका लागि सुनाैँ अंक १४ 

 

Mai Sari Sunakhari Episode -14

 

लकाेटकी जुनीमायाले साथी नमुनासँग अब पढाइमा ध्यान दिएर सबैलार्इ जित्ने कुरा गरेकी थिइन् । यता बगरपूरकी रश्मी भने विदेश फर्कन लागेका श्रीमान अशाेकसँग प्रेमिल रात बिताउँदै थिइन् । मध्यपूरमा भने स्वस्तिका कर्पाेरेशनका हाकिम भेटवालले नयाँ परियाेजना लिड गर्न उत्सुक त्रिलाेचनलार्इ परियाेजनाकाे जिम्मेवारीबाट अलग गराउने संकेत दिएका थिए । अब के हुन्छ त? थाहा पाउनका लागि सुनाैँ अंक १३

 

Mai Sari Sunakhari Episode -13

 

 

गर्भ बसेन भनेर चिन्तित भएकी बगरपूरकी रश्मीलार्इ निर्मलाले त्रिशुल फाँटका लट्टे झाँक्री कहाँ गएर फुक्न सल्लाह दिएकी थिइन् । यता डाँडा गाउँका हेम्बे अामाले बिदेश जान नदिएकाे गुनासाे काका सहदेवसँग पाेख्दै गर्दा भीरमा गाेरू जुध्न थालेपछि त्यतैतिर दाैडेका थिए । उता स्यालकाेटमा एेँसेलु खाँदै मस्ती गरेका शुकमान र साेजन बीच जुनीमायाकाे कुरा चलेपछि तनाव सुरू भएकाे थियाे । अब के हुन्छ त? थाहा पाउनका लागि सुनाैँ, अंक १२ 

 

Mai Sari Sunakhari Episode -12
 
 
डाँडा गाउँकी जेठीअामासँग छाेरा हेम्बेले विदेश जान्छु भन्दा उनी केही बाेलिनन्। यता मध्यनगरमा क्लाइन्ट भेट्न स्क्वायर प्लाजा अाएका त्रिलाेचन र उपासना अाफ्नै अफिसका हाकिमलार्इ कुनै युवतीसँग देखेर छक्क परेका थिए । उता बगरपूरकी समिक्षाले रश्मी भाउजु गर्भवती भइन् कि भनेर चाँसाे देखाएकी थिइन् । अब के हुन्छ त? थाहा पाउनका लागि सुनाैँ अंक "११"
 
Mai Sari Sunakhari Episode -11
 
 
मध्यनगरमा स्वस्तिका कर्पाेरेशनका कर्मचारीलार्इ भेटवालले व्यवसाय राम्राे हुँदै गएकाे खुसीयालीमा ट्रिट दिएका थिए । ट्रिटका बेला रक्सीले मातेका त्रिलाेचनकाे व्यवहारसँग उपासना रूष्ट भएकी थिइन् । उता स्यालकाेटका शुकमान अाफूले जुनीमायालार्इ दिएकाे जस्तै ब्रास्लेट करूणाकाे हातमा देखेपछि अाश्चर्यमा परेका थिए । यता डाँडा गाउँमा सहर जान लागेका काका सहदेवलार्इ बस स्टपसम्म पुराउन अाएका हेम्बेले केही कामका लागि भनेर सहदेवसँग पैसा सापटी मागेका थिए । अब के हुन्छ त? थाहा पाउनका लागि सुनाैँ अंक "१०"

Mai Sari Sunakhari Episode -10

स्यालकाेटका शुकमानले जुनीमायासँग प्रेम प्रस्ताव राख्दै एउटा उपहार दिएका थिए । यता बगरपूरकी  निर्मला काकीले गाउँमा नराम्राे हल्ला सुनेकाे भन्दै समिक्षालार्इ अाशंकित बनाएकी थिइन् । उता मध्यनगरमा भने, भेटवालले अस्पतालमा अाफ्नी श्रीमतीलार्इ भेट्न अाएकी अफिसका स्टाफ उपासनालार्इ अब चाँडै नै एउटा महत्वपूर्ण कुराकाे घाेषणा गर्ने खुलासा गरेका थिए । अब के हुन्छ त, थाहा पाउनका लागि सुनाैँ अंक "९"

Mai Sari Sunakhari Episode -09

अामा बन्ने रहर पालेकी बगरपूरकी रश्मी श्रीमान अशाेकले नै सन्तान जन्माउन नचाहँदा निकै तनावमा थिइन् । उनलार्इ उनकै नन्द पर्ने समिक्षाले समस्या समाधानका लागि सहयाेग गर्ने बताएकी थिइन् । उता डाँडा गाउँका हेम्बेले स्वीटर किनेर ल्याएका थिए त्याे स्वीटर अामाले देखेपछि हेम्बे अात्तिएका थिए । यता धारामा लुगा धाेइरहेकी स्यालकाेटकी जुनीमाया शुकमान अाउनासाथ उठेर गइन् । पानी खान अाएका शुकमान पनि जुनीमाया हिँडेपछि पानी नै नखाइ गए । याे देखेर करूणा छक्क परेकी थिइन्।  अब के हुन्छ त थाहा पाउनका लागि सुनाैँ अंक "८" 

Mai Sari Sunakhari Episode -08

 

बगरपूरकी निर्मलाले रश्मी अझै पनि गर्भवती नभएकाे विषयमा चाँसाे देखाउँदै बिदेश गएका श्रीमान अशाेकप्रति रश्मीलार्इ सशंकित बनाउँन खाेज्दै थिइन् । उता डाँडा गाउँकी जेठीअामा रिसाउँदा रिसाउँदै उनका छाेरा हेम्बे अामाकाे अाँखा छलेर काका सहदेवकाे खेत जाेत्न पुगेका थिए । र यता मध्यनगरमा भने, संस्था र व्यक्तिगत जीवनकाे बारेमा त्रिलाेचनसँग गाफिदै गरेका भेटवालले, साँझपख कतै जम्ने कुरा निस्कँदा बिरामी श्रीमतीकाे लागि डक्टरसँग भेट्नुपर्ने बाध्यता खुलाएका थिए । अब के हुन्छ त? थाहा पाउनका लागि सुनाैँ अंक "७" 

 

Mai Sari Sunakhari Episode -07

 

 

देवर सहदेवसँग चिढिएकी जेठीआमा आफ्नो छोरा हेम्बे सहदेबकै खेत जोत्न जान लागेको कुराले आक्रोशित थिइन् । उता जूनीमायाले करुणाको हातमा लेखेको नामको विषयमा जान्न खोज्दा करुणाले कुरा लुकाएकी थिइन् । यता स्वस्तिका कर्पोरेशनका मेनेजर त्रिलोचनले भरखरै जागिरमा छनौट भएकी उपासनालाई प्रगतिको प्रलोभन देखाइ आफूलाई साथ दिनुपर्ने कुरा राखेका थिए । अब के हुन्छ त ? थाहा पाउनका सुन्नुस् याे अंक ।

 

Mai Sari Sunakhari Episode -06

 

 

ठूलाे सपना बाेकेर मध्यनगर अाएकी उपासनाले नयाँ जागीरकाे लागि अन्तरवार्ता दिएकी थिइन् । त्याे जागीरसँग उनकाे जीवनका धेरै सपनाहरू गाँसिएका छन् । के अब उनीले जागीर पाउँछिन् त ? थप जान्नका लागि सुन्नुस् याे अंक 

 

Mai Sari Sunakhari Episode -05

 

 

विदेशबाट फर्किएका अशोक र उनको श्रीमती रश्मीको सम्बन्धमा शंका उत्पन्न गराउने काम बलरामले गरे । बलरामले रश्मीलार्इ परपुरुषसँग हिंडिरहेको बताएपछि रिसाएका अशोकले के गर्लान् ? त्यस्तै जुनीमायालार्इ सुकमानले स्कुलमा पछ्याएर हैरान छ ।  घरमा बसिरहेको बेलामा  आइपुगेकी नमुनाले जुनिमायालार्इ एउटा गोप्य कुरा भन्न चाहेकी थिइन् । कतै सुकमानको बारेमा त हैन ? थाहा पाउनलाइ सुनौं यो भाग ।

 

Mai Sari Sunakhari Episode -04

 

 

कतारबाट फर्केका अशोक सकुशल घर त आर्इपुगे तर आफुलार्इ मोवार्इल नल्यार्इ दिएको बहानामा उनकी श्रीमती रश्मी रिसार्इन् र अशोकसंग बोलेकी छैनन् । रश्मीको यो ब्यवहारले अशोकलार्इ चस्का परेको छ । उसको मनमा शंका उब्जेको छ, आफु बिदेशमा हुँदा रश्मीको अरुसँग चक्कर पो चल्यो कि ! के अशोकको अनुमान ठिक होला त ? थाहा पाउन सुन्नुस्।

Mai Sari Sunakhari Episode -03

अघिल्लो अंकमा निकै खुशी भएर श्रीमती रामप्यारीलाइ उचालेर बोकिरहेका  हेम्बेको कोठामा एक्कासी आमा आइपुगेकी थिइन् । आत्तिएका हेम्बेले श्रीमतीलाइ चटक्कै छाडिदए । उता बगरपुरको घरमा श्रीमती रश्मीले बिदेशबाट फर्किएका श्रीमान अशोकलाइ कुर्दै  थिइन । तर अचानक बगरपुर आइरहेको बस पल्टेको खबरले रश्मी र उनकी सासुलाइ निकै चिन्तामा डुबाइदियो । अब के हुन्छ त ? 

Mai Sari Sunakhari Episode -02

यो अंकमा स्यालकोटकी जुनीमायाँ, बगरपुरकी रश्मी अनि डाँडागाउँको हेम्बेको कथा भनिएको छ । स्यालकोटकी जुनीमायाँको नायिका बन्ने सपनाको सुरुवात यसै अंकका साथमा हुन्छ । बगरपुरको रश्मी र उनको  श्रीमान अशोक तीन बर्षपछि भेटिदैछन् । कतारबाट फर्किदै गरेका अशाेकले के गुमाए ? के कमाए त कतारमा ? 

Mai Sari Sunakhari Episode -01

Episodes: